रोग लुकाउँछन् महिला



१९ पुष २०७५, कालिकोट

नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उनी ४ महिनाकी गर्भवती हुन्। दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए।

उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्‍याए। उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट रेफर गरे।

पुस ७ गतेदेखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाहअनुसार सात जना युवाले १४ पुसमा दिनभर स्टेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्‍याए। ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइन्’, पति अम्मरेले भने, ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन्।

अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्‍याएँ।’

प्रतिक्रिया दिनुहोस्