जग्गा अधिग्रहण गरेको २३ वर्षपछि मन्त्रीका लागि ५० सुविधा सम्पन्न भवन बनाइँदै



१६ पुष २०७५, काठमाडौं

जग्गा अधिग्रहण गरेको २३ वर्षपछि सरकारले संघीय सरकरका मन्त्री, प्रदेश सरकारका प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्रीका लागि करिब ५० वटा सुविधा सम्पन्न भवन बनाउने प्रक्रिया अघि बढाएको छ।

सहरी विकास मन्त्रालयले लतिलपुरको भैंसेपाटीमा आवासगृह बनाउन अवधारणा (कन्सेप्ट डिजाइन) निर्माण भएको जनाएको छ। सोअनुसार प्रारम्भिक काम अघि बढेको सहरी विकासमन्त्री इस्तियाक राइले जनाएका छन्।

मन्त्रालयले आवासगृह निर्माणका लागि अन्य सबै प्रक्रिया अघि बढाउन भवन विभागलाई निर्देशन दिएको छ। मन्त्रालयको निर्देशनअनुसार भवन विभागले विस्तृत डिजाइन तयार गर्न परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको भवन विभागका डिभिजन इञ्जिनियर मच्छाकाजी महर्जनले जनाए। उनले भने, ‘प्रारम्भिक डिजाइन बनाइसकेका छौँ। विस्तृत डिजाइन बनाउन परामर्श दाता नियुक्त गर्न प्रक्रिया अघि बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्