ल्होसार शुभकामना सन्देश



१५ पुष २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीले गुरुङ समुदायको ‘तमु ल्होसार’ अर्थात् नयाँ वर्षको पावन अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण गुरुङ समुदायप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ । आज पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले विज्ञप्ति जारी गरी नेपाल बहुभाषाभाषी, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यले ती सबैको सम्मान गर्ने वातावरण बनाओस् र वैमनस्य तथा विभेद उत्पन्न हुने कुनै ठाउँ नदेओस् भन्ने पनि कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा नेपालीका साथै समग्र नेपाली जनसमुदायमा परस्पर एकता, सद्भाव र भाइचाराको सुसम्बन्धले निरन्तरता पाओस् र जातीय विद्वेष फैलाउने सबैखाले अतिवादी तत्वबाट देश र जनतालाई जोगाउँदै नेपाल र नेपालीको चौतर्फी विकासको निमित्त गुरुङ समुदायले महत्वपूर्ण योगदान गर्न सकोस् भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्