जोसेफ स्कूलमा प्रहरी विद्यालय साझेदारीको शुरुवात (फोटो फिचर)



१० पुस २०७५, काठमाडौं

“हर प्रहर, गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !!” भन्ने उद्घोषका साथ शुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बूनपा १० स्थित जोसेफ हाई स्कूलमा प्रहरी विद्यालय सम्पर्क समिति गठन भएको छ ।

बरिष्ठ प्रहरी उपरिक्षक तथा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख नरेन्द्र चन्द, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भु भट्टराई, महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक मिन बहादुर कुँवर, समाजसेवी मिठाराम अधिकारी, महिला अधिकारकर्मीहरु हेमा अधिकारी, विन्दा गौतम लगायत समाजका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले नागरिक सेवामा समर्पित नेपाल प्रहरीले नागरिकको विश्वास जितेर हृदयमा बस्न समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको बताए ।

जनतालाई सुरक्षित, शुसूचित,  भय रहित वातावरण निर्माण तथा अपराध नियन्त्रण गर्न विद्यालय सम्पर्क समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए ।

वडा नं. १० का अध्यक्ष नवराज भट्टराईले आफू नागरिक हुँदा देखि नै प्रहरीसँग हातेमालो गरेको स्मरण गर्दै जननिर्वाचित भएपछि र नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेपछि आफूले सक्दो सहयोग गरेको बताए ।

सम्बोधनका क्रममा भट्टराइले कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवरले जनताको अपेक्षा अनुरुप अहोरात्र खटी सुरक्षा व्यवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्थानीय प्रहरीको प्रशंसा गरे ।

कार्यक्रमका अध्यक्ष तथा जोसेफ हाई स्कूलका प्रिन्सिपल सूर्य बहादुर अधिकारीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत शैक्षिक संस्थामा समेत समिति बनाएर अपराध मुक्त समाज निर्माणमा महत्वपूर्ण कार्य गरेको बताउँदै आफ्नो विद्यालयले अभियानलाई सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जोसेफ स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने कक्षा १० की विद्यार्थी प्रशंसा कार्कीले स्वागत मन्तव्य राखेकी थिईन् । अतिथिहरुलाई स्वागतमा ई जोसेफ पब्लिक स्कूलका प्रिन्सीपल मनोज अधिकारी र व्याज वितरण विद्यालयकी शिक्षिका पूजा मल्ल ठकुरीले गरेकी थिईन् । कार्यक्रममा महिला अधिकारकर्मी विन्दा गौतमले समेत मन्तव्य राखेकी थिईन् ।

प्रमुख अतिथिसँग विद्यार्थीहरुले विभिन्न प्रश्नहरु राखी अन्तरक्रिया गरिएको कार्यक्रममा प्रहरी विद्यालय सम्पर्क समिति समेत गठन गरिएको थियो ।

    

 

गठित समिति निम्नानुसारको रहेको छ :

संयोजक : सूर्य बहादुर अधिकारी (प्रिन्सिपल)

सदस्यहरु
आशिष अधिकारी (शिक्षक)
सुन्दर दाहाल (विद्यार्थी)
विमल महरा (विद्यार्थी)
रुबिया लिम्बु (विद्यार्थी)
सम्पदा कार्की (विद्यार्थी)

चन्द्रप्रसाद सापकोटा (अभिभावक)
कल्पना थापा (अभिभावक)

सदस्य सचिव : प्रहरी नायब निरीक्षक अर्जुन गिरी

प्रतिक्रिया दिनुहोस्