
०८ पुस २०७५, काठमाडौं
भर्खरै मात्र सम्पन्न नेपाल आइडल सिजन २ मा थर्ड रनरअप हुन सफल ‘सवैकी प्यारी अस्मिता अधिकारी’ ले आफ्नो फेसबुक मार्फत उक्त गायन रियालिटी शो का विजेता रवि ओडलाई बधाई दिदैं सम्पूर्ण नेपालीको मनछुने स्टाटस पोष्ट गरेकी छिन् ।
अस्मिता अधिकारीले फेसबुकमा पोष्ट गरेको स्टाट्स यस्तो रहेको छ :
अन्तर्राष्ट्रिय स्तरको फ्रान्चाईज शो ईण्डियन आईडलको नेपाली संस्करण नेपाल आइडल सिजन २ को उपाधि धनगढीका रवि ओडले जितेका हुन् । शुक्रवार भएको अन्तिम चरणको प्रतिस्पधार्मामा उनले विक्रम वराल सहित अन्य दुई प्रतिस्पर्धी सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै अग्र स्थान हासिल गरेका हुन् ।





