
०८ पुष २०७५, काठमाडौँ
केहिसमय अघि भारतीय मिडियामा बलिउडका दुई सुपरस्टार सलमान खान र प्रियंका चोपडाको झगडाको कुरा खुब हाइलाइटमा आएको थियो । नायिका प्रियंका चोपडाले सलमान खानको चलचित्र भारत मा अन्तिम समयमा आएर काम गर्न बहिष्कार गरेपछि प्रियंका र सलमानबीचको सम्बन्ध चिस्सिएको हल्ला थियो ।
नायिका प्रियंका चोपडाले आफ्नो विवाहको रिसेप्सन पार्टिमा सलमानको सब परिवारलाई निम्तो गरेकी थिइन् । तर उनको पार्टिमा सलमानका परिवार नभएपनि सलमान खान भने उपस्थित भएका थिए । सलमानलाई आफ्नो पार्टिमा देखेर प्रियंका निकै खुसी भएकी थिइन् । सलमान पनि प्रियंकाको पार्टिमा खुसी देखिएका थिए ।
सलमानको सब परिवार आफ्नो पार्टिमा नआएपछि प्रियंका आफैँ सलमानका परिवारसँग आशिर्वाद लिन निकका साथ सलमानको घर पुगेको कुरा यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्दै गइरहेको छ । उनले सलमानको घरमा गएर सबैसँग आशिर्वाद लिएपछि अबभने सबैले सलमान र प्रियंकाबीच कुनैपनि दुश्मनी नभएको अनुमान लगाएका छन् ।





