राष्ट्रपतिका लागि किन्ने डेढ अर्बको हेलिकोप्टर सुत्केरी बोक्न पनि प्रयोग हुन्छः मन्त्री बाँस्कोटा



०६ पुष २०७५, काठमाडौँ

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाँउमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘राष्ट्रपतिकै लागि भनेर हेलकोप्टर खरिद गरेको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सरकारले गरेको निर्णयाअनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा खान्न खोजिएको छ । त्यो हेलिको प्टरले भिभिआइपीमात्रै बोक्दैन , दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्