निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी



०५ पुष २०७५,   कञ्चनपुर

निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ ।

प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छ्रैन ।

स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ ।

प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आई नै नपुगेको दाबी गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्