बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप



०५ पुष २०७५, काठमाडौं

विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपामा मेलम्ची घ्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ ।

गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी बत्ति हाल्नलाई प्वाल पारेको बताए । बत्ति राख्न भन्दै स्तुपामा हजारौँ प्वाला पार्दा स्तुपा कुरुप
भएको छ, उनले भने ।

गुठीले स्तुपामा समेत प्वाल पारेको लामाले बताए ।

लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध पुरातात्व विभाग र संस्कृति मन्त्रालयमा आईतबारै उजुरी हालिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्