एसपी बढुवा गर्न नियमावली संसोधन हुँदै, नीत महिनाअघि १५ एसएसपीको दरबन्दी खाली



०५ पुष २०७५, काठमाडौं

नेपाल प्रहरी तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्नै सरकारले प्रहरी नियमावली संसोधन गर्न लागेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संसोधन गर्न लागेको हो ।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर राखेर नियमावली संसोधन गर्न लागिएको हो ।

नियमावली संशोधनको लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्