यस्ता छन् पाकेटमारको आफ्नै भाषा (कोड)



०५ पुष २०७५, काठमाडौं

केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यस्तो छ कोड
पैसा : द
मोबाईल : कान
पकेटमारीपीडित : रामे
मुख्य पाकेटमार : काशी
पैसा धेरै : टानको द
पैसा थोरै छ ः जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राईभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडी सर : चिछल जा

प्रतिक्रिया दिनुहोस्