नेकपा बैठकमा गृहमन्त्री बादललाई घन्टी बजाउने जिम्मा



०३ पुष २०७५,काठमाडौैं

नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् ।

बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ ।

व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले घन्ट बजाउने जिम्मा पाएका हुन् ।

प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समपान घन्टी बजाउनुभयो, स्थायी समितिका एक सदस्यले भने ।, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्