वैद्यले भने, नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ



०३ पुष २०७५, तुलसीपुर

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्