
०२ पुस २०७५, काठमाडौं
थाइल्याण्डको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्स २०१८ को ताज चुमेकी छिन् ।

यसअघि फिलिपिन्सकै सुन्दरीहरुले सन् २०१५, १९७३ र १९६९ मिस युनिभर्सको ताज जितेका थिए । यो सँगै फिलिपिन्सबाट मिस युनिभर्सको ताज जित्ने चौथो सुन्दरीमा क्याट्रिओना परेकी छिन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० सम्म पुग्न सफल भइन् भने फस्ट रनरअप दक्षिण अफ्रिका तमर्यान ग्रीन र सेकेन्ड रनरअप भेनेजुयलाका स्टेफानी गुजरेज भएकी छिन् ।







