विवाहपछि चलचित्रमा किस सिन नदिने कुरामा रणवीरसँग शर्त राखेको छैन : दिपिका



०१ पुष २०७५, काठमाडौँ

नायिका दिपिका पादुकोणले यसै बर्षको नोभेम्बरमा बलिउडका चर्चित अभिनेता रणवीर सिंहसँग इटालीमा लगन गाठो कसेकी हुन् । विवाहमा व्यस्त भएका कारण पनि यस बर्ष दिपिकाले पद्यावत पछि कुनै चलचित्र साइन गरिनन् । अब विवाहको तामझाम सकिएपछि उनी फेरि चलचित्रमा आउँदै छिन् ।

विवाहपछि केहि सेलेब्रेटिहरुले किस सिन नदिने वाचा गर्छन् । दिपिकाको पनि भर्खरै विवाह भएकाले एक अन्तवार्तामा उनलाई पनि रणवीरसँग विवाहपछि चलचित्रमा किस सिन नदिनको लागि शर्त भएको प्रश्न सोधेका थिए । त्यस प्रश्नमा दिपिकाले छि भन्ने जवाफ दिएकी छिन् ।

दिपिकाले आफ्नो व्यवसायसँग निजी जिन्दगी नजोड्ने बताइन् । दिपिकाको उत्तरबाट उनले आफ्नो व्यवसायलाई लिएर रणवीरसँग कुनैपनि शर्त नराखेको स्पष्ट हुन्छ । दिपिका हाल आफ्नो नयाँ चलचित्रको तयारी गर्दैछिन् ।

 

प्रतिक्रिया दिनुहोस्