
०१ पुष २०७५, काठमाडौँ
मेलिना राई नेपालकी निकै चर्चित गायिका हुन् । उनले धेरै लोकप्रिय गीतहरु गाइसकेकी छिन् । मेलिना राई हरेक प्रकारका गीतमा फिट हुने गायिका हुन् । उनी अहिलेकी निकै डिमाण्डेड गायिकाको रुपमा परिचित भैसकेकी छिन् । भर्खरै मात्र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।
प्रल्हाद शाहको शब्द र नविन कार्कीको संगीत रहेको मेरी आमा बोलको गीतमा मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा अहिलेकी चर्चित बाल कलाकार सेड्रिना शर्मा र शान्ति गिरीलाई फिचरिङ गराइएको छ । निकै भावुक गीतमा आमाको सन्तानप्रतिको मायालाई देखाउन खोजिएको छ । उक्त गीतलाई विकास सुवेदीले निर्देशन गरेका हुन् ।





