भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’



०१ पुष २०७५, काठमाडौं

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजार दरका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका छन् ।

कामका लागि भारतका विभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानीयले घर फर्किदा ल्याएका नोटहरु अहिले साटिन छाडेपछि उनीहरु निकै समस्यामा परको डोटीका स्थानीय चेतनराज भट्टले बताउँनुभयो ।

स्थानीय व्यापारी तुलसी शाहीले गुनासो गर्दै भन्नुभयो, ‘अधिकांश ग्राहक भारतीय रुपियाँ लिएर सामान किन्न आउँछन् नचल्ने भएपछि भारुमा सामान दिएका छैँनौ त्यसैले व्यापार चौपट हुने नै भयो ।’

प्रतिक्रिया दिनुहोस्