न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा



२९ मंसिर २०७५, बाठकाडौं

अख्तियारले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाईदिन्छु भनी सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका निरौलालाई भ्रष्टाचार निवारण ऐनवमोजिम कैद सजाय र जरिवाना गर्नुपर्ने अयोगको दाबी छ ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ, आयोग टोलीले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पुर्णचन्द्र आत्रेयलाई ७ हजार घुससहित शुक्रबार पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्