
२७ मङ्सिर २०७५, काठमाडौँ
अनमोल केसी अहिलेका सबैभन्दा महंगा र व्यस्त नायक हुन् । उनले थोरै तर सफल चलचित्रहरु बक्सअफिसमा दिएका छन् । हाल अनमोल चलचित्र ए मेरो हजुर ३ मा व्यस्त छन् । जुन चलचित्र यसै बर्षको अन्तिमतिर प्रदर्शनमा आउने तयारीमा रहेको छ । त्यस्तै यसबर्ष अनमोललको बहुप्रतिक्षित चलचित्र क्याप्टेन पनि प्रदर्शनमा आउँदैछ । भर्खरै मात्र चलचित्र क्याप्टेनको पहिलो गीत सार्वजनिक भएको छ ।
दिग्गज देउरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको रहर छ सँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र उपास्ना सिंह ठकुरीलाई फिचरिङ गराइएको छ ।
चलचित्र क्याप्ेटन मा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, उपास्ना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा अनमोललाई एक फुटबल खेलाडीको रुपमा देख्न सकिन्छ ।





