अशोक दर्जीको बहुप्रतिक्षित दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक



२७ मङ्सिर २०७५, काठमाडौँ

अशोक दर्जी अहिलेका सर्वाधिक चर्चित बाल गायक हुन् । नेपालका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन बिनाको मन गीत गाएर चर्चाको शिखरमा पुगेका अशोकले निकै छोटो समयमा दर्शकको मन जित्न सफल भएका छन् । अशोक सानो उमेरमै देश विदेशको कार्यक्रममा निकै व्यस्त छन् ।

पहिलो गीत सपफल भएपछि दर्शकले अशोकको दोस्रो गीतको पनि निकै प्रतिक्षा गरिरहेका थिए । नभन्दै दर्शकको प्रतिक्षाको फल आएको छ । भर्खरै मात्र अशोकको दोस्रो गीत सार्वजनिक भएको छ ।

टंक बुढाथोकीको शब्द र संगीत रहेको चौरीको चाम्रो छुर्पी बोलको गीतमा टंक, अशोक र ए.आरको आवाज रहेको छ । उक्त गीतको भिडियोमा पनि टंक, अशोक र ए.आरलाई फिचरिङ गराइएको छ । उक्त गीतको भिडियो निकै राम्रोसँग तयार पारिएको छ । गीतको भिडियोमा अशोक र ए.आरलाई निकै खुलेको देख्न सकिन्छ । पहिलो गीतले जस्तै अशोकको दोस्रो गीतले पनि दर्शकको मन जित्ने हो वा होइन त्यो भने केहि समयपछि थाहा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्