शहीद स्मारक ए डिभिजन लिग : एनआरटी लगातार सातौँ पटक हार्दा सरस्वतीको तेस्रो जित



२७ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले एनआरटीलाई पराजित गरेको हो । खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका टोलीहरुको खेलमा दोस्रो हाफमा अप्रत्यासित गोल सरस्वती क्लबले गरेको हो ।

सरस्वतीका लागि भिक्टोर एमओबीले गोल गरे । जितसँगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ, भने उता एनआरटी भने लगातार हारिरहेको छ ।

जसमा उसले ८ खेलबाट १ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्