‘दाल, भात, तरकारी’ को सुटिङको क्रममा बेहोस भइन् प्रियंका, तर रोकिनन् सुटिङ



२७ मङ्सिर २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की नेपालकी निकै चर्चित र डिमाण्डेड अभिनेत्री हुन् । उनी विभिन्न चर्चा र आलोचनाका कारण पनि बेला बेलामा मिडियामा छाइरहन्छिन् । यतिबेला नायिका प्रियंका कार्की चलचित्र प्रेम दिवस को छायांनमा व्यस्त छिन् । उनले केहिदिन अघि चितवनमा चलचित्र दाल, भात, तरकारी को एक आइटम नृत्यको छायांकन पनि भ्याएकी छिन् ।

चलचित्र दाल, भात, तरकारी को गीतको छायांकनको क्रममा नायिका प्रियंका कार्की बेहोस भएको कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उक्त गीतको छायांकन गर्दा गर्र्दै प्रियंका रातको २ बजे सुटिङ स्थलमै बेहोस भएपछि उनलाई हस्पिटल लाने योजना बनाइएको थियो । तर उनलाई पानी छम्किएपछि उनी उठिन् र आफूलाई हस्पिटल लान पनि दिइनन् । प्रियंका बेहोस भएपनि उक्त गीतको छायांकन भने रोकिएन ।

चलचित्रका निर्माता समेत रहेका किरण केसी आफूलाई प्रियंका धेरै नै मेहेनती कलाकार लागेको बताए । प्रियंकाले आफू बेहोस भएर ढल्दा पनि सुटिङ रोकिनन् । प्रियंका यो भन्दा पहिले पनि छायांकन स्थलमा बेहोस भएकी थिइन् । उनको कम खाने बानीले गर्दा उनी बेला बेलामा बेहोस हुने चलचित्रकर्मी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्