
२७ मङ्सिर २०७५, काठमाडौँ
चर्चित भारतीय कमेडियन कपिल शर्माले यहि डिसेम्बर १३ मा आफ्नी प्रेमिका गिन्नीसँग विवाह गरेका छन् । धेरै समयदेखि सामाजिक सञजालमा उनको विवाहको कुरा निकै भाइरल भैरहेको थियो । नभन्दै धेरै बर्षको प्रेमसम्बन्ध पछि उनले लगठ गाठो कसेका छन् ।
उनले आफ्नो विवाहको पहिलो तस्बिर उनको इन्ष्टाग्राम अकाउण्टमा अपलोड गरेका छन् । जुन फोटो अहिले निकै चर्चाको शिखरमा रहेको छ । कपिलले भारतको चर्चित कमेडि शो द कपिल शर्मा शो पनि चलाउने गर्थे जुन निकै लोकप्रिय थियो । पछि केहि कारणबस उनको उक्त शो बन्द भएको थियो । तर अब कपिल फेरि उक्त शो लाई चलाउने भएका छन् ।
विवाह भएसँगै कपिललाई शुभकामनाको ओइरो लागेको छ । उनले निकै धमधामसँग विवाह गरेका छन् । कपिलले यहि १८ डिसेम्बरमा भारतको अर्मतसरमा विवाहको रिसेप्सन पार्टि दिने बताएका छन् ।





