कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ



२७ मंसिर २०७५, काठमाडौं

गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्