‘यात्रा’ लाई लिएर निकै उत्साहित छु : सलिनमान बनियाँ



२५ मङ्सिर २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र जगत्मा आएका सलिनमान बनियाँलाई निकै सम्भावना बोकेका रुपमा हेरिएको छ । अहिले नेपाली चलचित्र क्षेत्रमा नव कलाकारको आगमन बढ्दो छ । यसो हुँदा धेरै कलाकारहरु यो भिडमा हराउने पनि गरेका छन् । तर सलिनमान सबैको नजरमा पर्न सफल भएका छन् ।

पहिलो चलचित्रबाट निकै चम्किएका सलिनमान यतिबेला आफ्नो दोस्रो चलचित्र यात्रा मा व्यस्त छन् । हाल चलचित्रको धमाधम डबिङ भैरहेको छ । सलिनमान आफू चलचित्र यात्रा लाई लिएर निकै उत्साहित भएको बताउँछन् । उनले आफूले यो चलचित्रको लागि निकै मेहेनत गरेको पनि बताएका छन् ।

चलचित्र यात्रा यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, रेअर राई लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्