
२५ मङ्सिर २०७५, काठमाडौँ
सुनिल क्षेत्री र अलिशा शर्मा नेपालका चर्चित डान्सर हुन् । यी दुईले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । यी दुईको डान्स र जोडिलाई धेरैले मन पराउँछन् । यी दुईले एकसाथ चलचित्र चि मुसी चि मा पनि काम गरेका थिए । भर्खरै मात्र यी जोडिको नयाँ गीत सार्वजनिक भएको छ ।
डि आर उपाध्यायको शब्द र सागर अधिकारीको संगीत रहेको लठ्ठै बोलको गीतमा सागर अधिकारीकै आवाज रहेको छ । उक्त गीतमा सुनिल र एलिशालाई फिचरिङ गराइएको छ । गीतलाई सुनिल आफैले कोरियोग्राफी गरेका हुन् । डान्सिङ शैलीको गीतमा सुनिल र एलिशाको दमदार डान्स देख्न सकिन्छ ।





