
२५ मङ्सिर २०७५, काठमाडौँ
दयाहाङ राई नेपालका निकै नाम चलेका अभिनेता हुन् । उनी अन्य कलाकारको तुलनामा कम मिडियामा देखिने गर्छन् तर उनी पनि डिमाण्डेड अभिनेता हुन् । दयाहाङलाई जस्तोसुकै अभिनय गर्न सक्ने अभिनेताको रुपमा हेरिन्छ ।
हुन पनि उनी सबै खालका भूमिका निर्वाह गर्न सक्छन् । भर्खरै मात्र दयाहाङ राईको नयाँ चलचित्र आप्पा को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा उनलाई नयाँ भूमिकामा देख्न सकिन्छ । यो चलचित्रमा पहिलो पटक दयाहाङ ड्राइभरको भूमिकामा देखिएका छन् ।
यो चलचित्र उनमै आधारित भएको निर्माण टिमले बताएका छन् । यो चलचित्रमा उनी ड्राइभरसँगै एक पिताको रुपमा पनि देखिएका छन् । चलचित्र आप्पा जेठ २४ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको अधिकांश छायांकन कालेबुङमा भएको बताइएको छ ।





