दाल, भात, तरकारी को छायांकनमा यस्ता देखिए बर्षा, निरुता र हरिवंश



२५ मङ्सिर २०७५ काठमाडौँ

नायिका निरुता सिंह यतिबेला चलचित्र दाल, भात, तरकारी को छायांकनमा व्यस्त छिन् । यतिबेला काठमाडौँको मह स्टुडियोमा चलचित्रको धमाधम छायांकन भैरहेको छ ।

काठमाडौँ बाहिरको छायांकन सकेर काठमाडौँ आएको चलचित्र टोलीले अब लगभग १ महिनामा चलचित्रको अधिकांश छायांकन सकिने बताएको छ । काठमाडौँको मह स्टुडियोमा नायिका बर्षा राउतले पनि सुटिङ जोइन गरेकी छिन् । छायांकन स्थलमा बषाए र निरुता र हरिवंशलाई भेटिएको थियो । छायांकन भएको आधारमा हेर्दा उक्त सिन पक्कै पनि बर्षा, निरुता र हरिवंशको  हुनुपर्छ ।

चलचित्र निर्माण टिमले केहिदिन अघि छायंँकन स्थलबाट आँचल र पुष्पलको फोटो सार्वजनिक गरेको थियो भने अहिले बर्षा, निरुता र हरिवंशको फोटो सार्वजनिक गरेको छ । उक्त फोटोमा बर्षा र निरुतालाई हरिवंशको अंगालोमा देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्