
२५ मङ्सिर २०७५, काठमाडौँ
सलमान खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनी बलिउडमा सर्वाधिक फ्यान फलोअर्स भएका अभिनेता पनि हुन् । अहिले सामाजिक सञ्जालमा सलमानको एक कुरा निकै भाइरल भैरहेको छ ।
मुकेश अम्बानी भारतका निकै धनी र चर्चित विजनेस म्यान हुन् । उनलाई बलिउडका हरेक कलाकारले मान्ने गर्छन् । मुकेश अम्बानी यतिबेला आफ्नी छोरी इशा अम्बानीको विवाहमा व्यस्त छन् । उनकी छोरी इशा अम्बानीले यहि डिसेम्बर १२ मा विवाह गर्दैछिन् ।
मुकेश अम्बानीले छोरीको विवाहअघि राजस्थानको उदयपुरमा एक भव्य पार्टि राखेका थिए । जहाँ बलिउडका धेरै कलाकारको उपस्थिति रहेको थियो । उक्त पार्टिमा सलमानले अम्बानीका छोरा अनन्त अम्बानीसँग ब्याकग्राउण्ड डान्सर बनेर डान्स गरेका छन् । अहिले उनी यहि कुराले सामाजिक सञ्जालमा भाइरल भएका छन् । उक्त पार्टिमा अमिर खान, उनकी श्रीमती किरण राव, कैटरीना कैप, आलिया भट्ट, अभिषेक बच्चन, जया बच्चन, ऐश्वर्या राय र उनकी छोरी आराध्या, करण जौहर, सलमान खान, परिणीति चोपडा, अनिल कपूर र उनकी श्रीमती सुनीता, बोनी कपूर र उनकी छोरी जान्हवी र खुशी, सिद्धार्थ राय कपूर र उनकी श्रीमती विद्या बालन, जोन अब्राहम र उनकी श्रीमती प्रिया रुन्चल, रोनी स्क्रूवाला र उनकी श्रीमती जरीन, करिश्मा कपूर, वरुण धवन, करण टेकर र राल्फ र रूसी डिजाइनर तमारा राल्फलाई विशेष स्वागत गरिएको थियो ।





