कन्काई पुलमा पप्पुको विकल्प खोजिँदै



२५ मंसिर २०७५,  दमक

कन्काई नदीमा सात बर्षमा पनि पुल निर्माण गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले पप्पु कन्स्ट्रक्सनको विकल्प खोजेको छ ।

पप्पुले चार बर्षमा निर्माण गरिसक्नुपर्ने पुलका काम ७ बर्षमा आधा पनि पुरा गरेको छैन ।

पुल निर्माणमा चरम ढिलाई गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पुको विकल्पमा प्रक्रिया अघि बढाएको छ ।

पटकपटकको लिखित तथा मौखिक जानकारीसमेत बेवास्ता गरेपछि योजना कार्यालयले पप्पुलाई दिएको तीन करोड पेस्की बैंकबाट तानेको छ ।

पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्