चलचित्र ‘दाल, भात, तरकारी’ मा आँचल र पुष्पलको मिलेको जोडि



२४ मङ्सिर २०७५, काठमाडौँ

लामो समयपछि नायिका निरुता सिंह फेरि चलचित्र जगतमा आएकी छिन् । उनले यसबर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्रमा कमव्याक गरेकी हुन् । यतिबेला नायिका निरुता सिंह चलचित्र दाल, भात, तरकारीको छायांकनमा व्यस्त छिन् ।

चलचित्रमा निरुताको जोडि हरिवंश आचार्यसँग बाधिएको छ । चलचित्रमा आँचल शर्मा र पुष्पल खड्का पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा यी दुईलाई प्रमीको रुपमा देख्न पाइने छ । चलचित्रको छायांकनबाट यतिबेला केहि तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ आँचल र पुष्पलको लोभलाग्दो जोडि देख्न सकिन्छ ।

नायिका आँचल शर्मालाई सधैँ पल शाहसँग मात्र काम गर्ने गरेको आरोप आउने गर्छ । यसटिक दाल भात तरकारीमा उनको जोडि चर्चित मेडल तथा नायक पुष्पल खड्कासँग बाधिएको छ । तर पल र आँचलले सत्रेँ एकसाथ काम गर्ने गरेका कुरालाई गलत साबित गरिसकेका छन् । हाल दुवै आ आफ्नै चलचित्रमा व्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्