निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन



२४ मङ्सिर २०७४,  काठमाडौं

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।

संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

अहिले प्रहरीले भीमदत्तनगर १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन्, तर उनीहरुका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ ।

विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्