दुबई पुगेका शाहरुखलाइ हेर्न १ लाख दर्शकको उपस्थिति



२१ मङ्सिर २०७५, काठमाडौँ

बलिउड चर्चित नायक शाहरुख खान यतिबेला आफ्नो चलचत्रि जिरो मा व्यस्त छन् ।  उनको लागि चलचित्र जिरो निकै विशेष भएको उनले बताएका छन् । जिरो मा दर्शकले शाहरुखलाई अन्य चलचित्रमा भन्दा फरक गेटअपमा देख्न पाउने भएका छन् ।

शाहरुख यतिबेला चलचित्र जिरो को प्रमोशनमा दौडिरहेका छन् । उनले जिरो लाई सफल बनाउनको लागि निकै मेहेनत गरिरहेका छन् । यतिबेला शाहरुख प्रमोशनको क्रममा दुबई पुगेका छन् ।

शाहरुख एकदमै चर्चित अभिनेता भएकाले विश्वको हरेक कुनामा उनका फ्यानहरु छन् । त्यसैले दुबईमा उनी पुग्दा उनका फ्यानहरु निकै खुसी भएका थिए । शाहरुखलाई हेर्नको लागि दुबईको ग्लोबल भिलेजमा करिब १ लाख दर्शक उपस्थित भएका थिए । सबै दर्शकले चलचित्र जिरो रिलिज भएपछि हेर्न जाने बताए । शाहरुख आफ्ना त्यति धेरै फ्यानहरुलाई भेट्न पाउँदा निकै खुसी देखिन्थे ।

 

प्रतिक्रिया दिनुहोस्