आमिरसँग काम गर्न अस्वीकार गरिन् दिपिकाले



२१ मङ्सिर २०७५, काठमाडौँ

बलिउड चर्चित अभिनेत्री दिपिका भर्खरै मात्र आफ्नो विवाह र रिसेप्सन भ्याएर फ्रि भएकी छिन् । उनले यहि नोभेम्बरमा बलिउड चर्चित अभिनेता रणवीर सिंहसँग इटालीमा विवाह गरेकी हुन् । उनी बलिउडकी निकै चर्चित अभिनेत्री भएकाले उनलाई  लिएर धेरै प्रड्युसरले चलचित्र बनाउन चाहन्छन् ।

दिपिकालाई भर्खरै मात्र बलिउडका चर्चित अभिनेता आमिर खानले निर्माण गर्न लागेकोवेब सिरिज महाभारत का लागि अफर गरेका थिए । धेरैले दिपिकाले आमिरसँग काम गर्ने अनुमान लगाएका थिए । तर दिपिकाले आमिर खानको उक्त वेब सिरिज गर्न अस्वीकार गरेकी छिन् ।

आमिरले दिपिकाको लागि द्रौपतीको भूमिका तयार पारेका थिए  । तर अब उक्त वेब सिरिजमा दिपिकाले अस्वीकार गरेपछि अर्की नायिका राख्नुपर्ने भएको छ । दिपिकाले आफूले अर्को चलचित्रमा व्यस्त हुने भएकाले आमिरको वेब सिरिजमा समय दिन नसक्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्