पहिलो पटक चलचित्रमा एकसाथ देखिदैँ धिरज र जसिता



२० मङ्सिर २०७५, काठमाडौँ

नायिका जसिता गुरुङ अहिलेकी सर्वाधिक चर्चित नायिका हुन् । नायक प्रदिप खड्कासँग चलचित्र लिलिबिली बाट नेपाली चलचित्रमा आएकी जसिताले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएकी छिन् । उनको सुन्दरता र अभिनयको सबैले खुलेर तारफ गर्ने गर्छन् । जसिता हाल आफ्नो दोस्रो चलचित्र लब स्टेशन मा व्यस्त छिन् ।

भर्खरै जसिताले मात्र तेस्रो चलचित्रमा काम गर्ने खुलासा भएको छ । उनी रेनशा वान्तवा राईको आई एम वन्टी वान मा फाइनल भएकी छिन् । यो चलचित्रमा नायक धिरज मगर अगाडि नै फाइनल भैसकेका छन् । चलचित्रमा पहिलो पटक धिरज र जसिता एकसाथ देखिन लागेका हुन् ।

रेनशाले चलचित्रका लागि जसिता नै फाइनल भएको बताएकी छिन् । उनले जसितासँग कागजी सम्झौता भने नभएको र कागजी सम्झौता लण्डनमा नै गरिने बताएकी छिन् । जसिता लब स्टेशन पछि उक्त चलचित्रमा व्यस्त हुनेछिन् । रेनशाले चलचित्र आगामी दशैँमा प्रदर्शनमा आउने बताएकी छिन् । अब धिरजसँग जसिताको केमेष्ट्रि कत्तिको जम्ने हो त्यो हेर्न भने केहि समय कुर्नैपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्