यस्ता देखिए रिसेप्सन पार्टीमा निक र प्रियंका



१९ मङ्सिर २०७५, काठमाडौँ

यहि डिसेम्बर १ र २ मा भारतको जोधपुरमा विवाह गरेर नायिका प्रियंका चोपडा यतिबेला आफ्नो विवाहको रिसेप्सनमा व्यस्त छिन् । उनले यहि डिसेम्बर ४ मा दिल्लीमा भव्य रिसेप्सन पार्टि दिएकी छिन् । उनको रिसेप्सनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका थिए ।

हालैमात्र सामाजिक सञ्जालमा प्रियंकाको रिसेप्सनको केहि तस्बिरहरु सार्वजनिक भएका छन् । तस्बिरमा प्रियंका र निकलाई असाध्यै राम्रो देखिएको छ । प्रियंकाले आफ्नो विवाहको रिसेप्सन पार्टिमा लेहेङ्गा लगाएकी छिन् । उनले हातमा रातो चुरा र सिउँदोमा सिन्दुर पनि लगाएकी छिन् भने निक फर्मल ड्रेसमै देखिएका छन् । जे होस तस्बिरमा निक र प्रियंकाको निकै लोभलाग्दो जोडि देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्