‘छक्का पञ्जा ३’ टिमले राजधानीमा मनायो चलचित्रको सक्सेस पार्टी



१९ मङ्सिर २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र छक्का पञ्जा ३ ले मङ्गलबार राजधानीमा चलचित्रको सक्सेस पार्टी मनाएको छ । चलचित्र छक्का पञ्जा ३ ले १३ हलहरुमा ५१ दिन मनाउन सफल भएको छ ।

चलचित्र सफल भएको खुसियालीमा छक्का पञ्जा ३ टिमले धेरै चलचित्रकर्मीको उपस्थितिमा धुमधामसँग कार्यक्रम सफल बनायो । उक्त कार्यक्रममा चलचित्रका अधिकांश कलाकार उपस्थिति भएका थिए तर नायिका दिपिका प्रसाई भने गइनन् । उक्त कार्यक्रम समारोहमा चलचित्रकी निर्देशक दिपाश्री निरौलाले कार्यक्रममा उपस्थित कलाकारलाई छक्का पञ्जा ३ को टोकन अफ लब पनि दिइन् ।

दिप र दिपाले स्टेजमा एकसाथ डान्स पनि गरेका थिए । उक्त कार्यक्रममा दिपाले छक्का पञ्जा ३ सफल भएसँगै आफूमा चुनौती थपिएको र अब आफूले छक्का पञ्जा ३ भन्दापनि राम्रो चलचित्र बनाउने बताएकी छिन् । साथै दिपकले पनि छक्का पञ्जा ३ जस्तै सबै नेपाली चलचित्रहरु सफल भएमा बलिउड र हलिउड चलचित्रलाई पनि नेपाली चलचित्र भारी पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्