प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी



१९ मङ्सिर २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा केहिदिन अगाडी मात्र आफ्ना प्रेमी निक जोनससँग विवाह गरेकी छिन् । उनले आफ्नो विवाहमा भारतीय कुनैपनि सेलेब्रेटिलाई निम्तो गरेकी थिइनन् । तर उनको विवाह भने निकै भव्यताका साथ सम्पन्न भएको छ । विवाह सकेर हिजोमात्र नायिका प्रियंका चोपडा र निकले दिल्लीमा भव्य रिसेप्सन पार्टी दिएका छन् ।

प्रियंका र निकको रिसेप्सन पार्टीमा विशेष पाहुना बन्न पुगे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । नरेन्द्र मोदीलाई प्रियंका आफ्नो विवाहको निम्तो दिन नरेन्द्र मोदीको घरमै पुगेकी थिइन् । विवाहमा उपस्थित नभएका मोदि समय मिलाएर प्रियंकाको रिसेप्सनमा भने सहभागी भए ।

मोदीले प्रियंका र निकलाई नयाँ जीवनको शभकामना पनि दिए र प्रियंकाको परिवारसँग पनि भेटघाट गरे । यसअघि मोदी नायिका अनुष्का शर्मा र विराट कोहलीको रिसेप्सन पार्टीमा पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्