
१९ मङ्सिर २०७५, काठमाडौँ
बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडाले भर्खरै मात्र आफ्ना अमेरिकन प्रेमी निक जोनससँग भारतको जोधपुरमा लगनगाठो कसेकी छिन् । उनको विवाह दुई दिन दुई धर्मअनुसार भएको थियो । पहिले क्रिस्चियन धर्मअनुसार र अर्को दिन हिन्दु धर्मअनुसार गरी विवाह सम्पन्न भएको छ ।

उनले सामाजिक सञ्जालमा विवाहअघि गरिएका विविध कार्यक्रमका फोटोहरु सेयर गरिरहँदा उनको विवाहको फोटो हेर्न उनका फ्यानहरु निकै आतुर थिए । प्रियंकाले भर्खरै मात्र आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको र निकको विवाहको फोटो र एक भिडियो अपलोड गरेकी छिन् ।
विवाहमा प्रियंका र निक निकै सजिएका थिए । प्रियंका बेहुली भएर आउँदा निक निकै भावुक हुँदै रोएका रहेछन् । प्रियंकाले अफोड गरेको भिडियोमा आफ्नी प्रेमिकालाई बेहुलीको रुपमा देख्दा निकै खुसी हुँदै निकको आखाँमा आँसु आएको देख्न सकिन्छ ।






