
१९ मङ्सिर २०७५, काठमाडौँ
शाहरुख खान बलिउडका निकै चर्चित र डिमाण्डेड अभिनेता हुन् । उनले बलिउडमा धेरै सफल चलचित्रहरुमा काम गरिसकेका छन् । उनका फ्यानहरु अत्याधिक भएकाले उनका प्राय चलचित्रहरु बक्सअफिसमा सफल साबित भएका छन् । हाल शाहरुख खान आफ्नो रिलिज हुन लागेको चलचित्र जिरो मा व्यस्त छन् ।
जिरो शाहरुखले गरिरहेका चलचित्र भन्दा निकै भिन्न खालको चलचित्र हो । चलचित्र जिरो मा शाहरुखलाई सानो देखाइएको छ । स्वयम शाहरुखले पनि आफ्नो जीवनको निकै महत्वपूर्ण चलचित्र जिरो भएको बताएका छन् । केहिसमय अघि चलचित्र जिरो को ट्रेलर सार्वजनिक भएको थियो । सार्वजनिक ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । भर्खरै मात्र चलचित्रको एक नयाँ गीत सार्वजनिक गरिएको छ ।
एरशाद कामिलको शब्द र अजय अतुलको संगीत रहेको इश्कबाज बालेको गीतलाई सुक्वीन्दर सिंह र दिव्या कुमारले गाएका छन् । उक्त गीतमा बलिउडका दुई ठूला अभिनेता सलमान खान र शाहरुख खानलाई फिचरिङ गराइएको छ । जिरो मा शाहरुखका साथ अनुष्का शर्मा र कट्रिना कैफको पनि मुख्य भूमिका रहेको छ । चलचित्र जिरो २१ डिसेम्बर बाट प्रदर्शनमा आउँदै छ ।





