
१८ मङ्सिर २०७५, काठमाडौँ
टंक बुढाथोकी नेपालका निकै चर्चित गायक हुन् । उनी गायक मात्र नभएर चर्चित संगीतकार पनि हुन् । उनले धेरै सुपरहिट गीतहरु गाएका हुन् । उनीमात्र नभएर उनका साना छोरा ए आर बुढाथोकी पनि राम्रो गीत गाउन सक्छन् । उनले पनि केहि गीतहरु गाएका छन् । भर्खरै मात्र टंक बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ ।
एमनाथ मैनालीको शब्द र टंक बुढाथोकीको संगीत रहेको रातो गलबन्दी बोलको गीतमा टंक बुढाथोकी र सारिका घिमिरेको आवाज रहेको छ । उक्त गीतको भिडियोमा नेपालका चर्चित डान्सर सुनिल क्षेत्री र एलिशा शर्माका साथमा टंक र सारिकालाई पनि फिचरिङ गराइएको छ । उक्त गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । निकै रमाईलो शैलीको गीतलाई टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।





