
१८ मङ्सिर २०७५, काठमाडौँ
नेपालका सर्वाधिक चर्चित नायक यतिबेला चलचित्र ए मेरो ३ को छायांकनमा व्यस्त छन् । हालैमात्र नपालको निकै चिसो ठाउँ मनाङमा छायांकन सकेर काठमाडौँ आएको चलचित्र टिमले चलचित्रको लगभग ६०, ७० प्रतिशत छायांकन सकिएको बताएको छ ।
चलचित्रमा झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा रहेका छन् । भर्खरै मात्र चलचित्र निर्माण टिमले चलचित्रको केहि फोटोहरु सार्वजनिक गरेको छ । प्राप्त जानकारी अनुसार सार्वजनिक फोटो चलचित्रको गीतको रहेको छ । मनाङको आइस लेकमा छायांकन गरिएको गीतको तस्बिरमा अनमोल र सुहानाको निकै सुहाएको जोडि देख्न सकिन्छ । आइस लेक निकै चिसो ठाउँ हो । त्यसमाथि चलचित्रको उक्त गीतको छायांकन ४ हजार ७५ मिटर उचाईमा खिचिएको हो । तरपनि सार्वजनिक तस्बिरमा अनमोल र सुहाना निकै खुलेका छन् ।

चलचित्र ए मेरो हजुर मा अनमोल र सुहानाको साथ सलोन बस्नेत र अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने बताइएको छ ।






