के हो एसीडीटी ? जान्नेपर्ने जानकारी



१८ मंसिर २०७५, काठमाडौं

आजकल हरेक व्यक्ति एसीडीटी वा पेट सम्बन्धि समस्याबाट ग्रसित छन् । पेट या छाँती पोल्नु, अमिलो डकार आउनु, पेट भारी हुनु, खाना राम्रो संग नपच्नु, कब्जियत वा ग्याँसको समस्या, पेट फुल्ने या दुख्ने लगायतका लक्षणहरु एसीडीटी हुँदा देखिन्छ ।

एसीडीटि हुँदा कहिले कहिँ खानाको पाइपमा पनि जलन हुन्छ जसलाई मुटु पोल्ने रोग पनि भन्ने गरिन्छ । पेटमा भएको एसिडको मात्रा बढ्नाले एसिड कहिले कहीं मुख सम्म पनि आउँछ ।

कहिलेकहीं मसलेदार खाना खानले वा खानाको समय नमिल्नले एसीडीटीको समस्या आउँछ । एसीडीटीलाई हामी सामान्य रुपमा लिन्छौं। तर यदि यसको बारेमा समयमै सचेत वा उपचार नहुँदा गम्भीर रोग समेत निम्त्याउन सक्छ ।

एसीडीटी पाचन संग सम्बन्धित समस्या हो। त्यसकारण पेट या पाचन सहि नहुँदा शरीरमा कुनै न कुनै बिमारी भई नै रहन्छ । यदि एसीडीटीको समस्या बढ्दै गएमा पेट वा सानो आन्द्रामा अल्सर हुनुका साथै क्यान्सर सम्मको खतरा हुन सक्छ । त्यसकारण सहि समयमा यसको उपचार गर्नु जरुरी छ ।

कतिपय अवस्थामा डाक्टरले दिएको औषधीले केहि समयको लागि यसको ठिक गरे पनि एसीडीटीबाट पूर्ण रुपमा छुटकारा पाउन सक्दैन । धेरै औषधिको सेवन र खाली पेटमा औषधीको सेवनले झन् एसीडीटी गम्भीर समस्या बन्दै जान्छ ।

यसलाई निको पार्ने तथा तरिका तथा यसको घरेलु उपचार के हो ?

–चिसो दुध र शुद्ध घ्युस् एक गिलास पानीमा करिब २० एमएल जत्ति दुध र एक चम्चा घ्यु मिलाएर यी सामग्रीहरुलाई मज्जाले मिसाउने। जब एसीडीटी बढ्छ, तब यो ड्रिंक पिउनाले पेटमा भएको एसीडीटी शान्त हुन्छ र पेट पोल्ने वा दुख्ने समस्याहरुलाई पनि दुर गराउँछ। जुन व्यक्तिलाई एसीडीटीको समस्या छ, त्यस्ता व्यक्तिहरुले यो दूधलाई खाना खाए पछी पिउनुहोस्।

–जीरा, बेसार, कालो नुन र कागतीको रसस् सुरुमा जीरलाई भुटेर यसको पाउडर बनाउने। त्यसपछि आधा चम्चा जीरा पाउडरमा आधा चम्चा बेसार र आधा चम्चा कालो नुन राखेर मिसाउने । अब यस मिश्रणमा एक चम्चा तातो कागतीको रस राखेर यी सम्पूर्ण सामग्रीहरुलाई मिसाउने। कागतीको रसलाई तातो बनाउनको लागि एउटा कागती काटेर यसको आधा भागलाई ग्याँसमा करिब ३० सेकेन्ड जति सेक्नु पर्छ। तपाइँ यस मिश्रणलाई जुन समयमा पनि सेवन गर्न सक्नु हुनेछ ।

–बटर मिल्कस् एक गिलास दहि मिसाएको पानीमा कालो नुन, भुटेको जीरा पाउडर, मरिचको पाउडर र गुड मिसाएर पिउनाले एसीडीटिको समस्या बाट छुटकारा पाउन सकिन्छ। यो ड्रिंकलाई नियमित रुपमा खाना खाए पछी सेवन गर्नुहोस् । यसले ग्याँस, कब्जियत वा पेट सम्बन्धी समस्याहरुलाई हटाउँछ ।

–काँक्रो, तुलसीको पात र ज्वनोस् सुरुमा तुलसीको पातलाई ब्लेंन्डरमा पिसेर पेस्ट बनाउने । त्यसपछि ब्लेंन्डरमै काँक्रो राखेर यसको जुस बनाउने । अब एक गिलास काँक्रोको जुसमा एक चम्चा तुलसीको पेस्ट र आधा चम्चा ज्वनोको पाउडर राखेर मिसाउने। यो ड्रिंकको सेवन गर्नाले पेट सम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाई पेट हल्का र सजिलो बनाउँछ ।

–घ्युकुमारीको जुसस् हरेक बिहान खाली पेटमा एलोवेराको जुस पिउनले पनि एसीडीटीलाई हटाउँछ । यदि धेरै एसीडीटी छ भने दिनको २र३ पटक एलोवेराको जुस पिउनु पर्छ ।

यसको साथै ल्वाङ, अलैंची, सोँफ, गुंड, जीरा र अमलाको पाउडर पनि सेवन गर्न सक्नु हुनेछ । खाना खाएपछी यी चीज मध्ये कुनै एक चीज सेवन गर्नले एसीडीटी, ग्याँस वा कब्जियत जस्ता पेट सम्बन्धी समस्यालाई संधैका लागि निर्मुल पार्छ ।

प्रतिक्रिया दिनुहोस्