
१८ मङ्सिर २०७५, काठमाडौँ
ज्योती मगर नेपालकी नाम चलेकी नायिका हुन् । उनले नेपाली लोक क्षेत्रमा बढी गीत गाउने गर्छिन् । बेला बेलामा आलोचना र चर्चाका कारण मिडियामा आइरहने सेलेब्रेटीमध्ये ज्योतीको नाम पनि अग्रस्थानमा नै आउँछ । उनी उनले गाएका गीतका कारण भन्दापनि उनको पहिरन र उनले गीतमा प्रयोग गर्ने उत्ताउला शब्दका कारण चर्चामा आउने गर्छिन् ।
ज्योती मगर नेपालकी निकै उत्ताउली गायिकाको नम्बर वानमा आउँछिन् । आइपरेको बेला उनी मिडियासँग झगडा गर्न पनि पछि पर्दिनन् । हाल ज्योती आफूले फेसबुकमा राखेको स्टाटसका कारण चर्चामा आएकी छिन् । स्टेज शो मा होस् वा यत्तिकै फोटो खिच्नकै लागि भएपनि उनी निकै छोटो पहिरन लगाउने गर्छिन् । विशेषगरी ज्योती उनले लगाएको छोटो पहिरनका कारण दर्शकलाई आकर्षक गर्न चाहन्छिन् ।
उनले आफ्नो फेसबुकमा मेरो उत्ताउलो पनलाई कसैले पनि रोक्न सक्दैन भन्दै स्टासस लेखेकी छिन् । साच्चै नै ज्योतीलाई कसैले केहि भनेपनि फरक पर्दैन । उनले जसले जे भनेपनि आफूलाई जे मन लाग्छ त्यहि गरिरहन्छिन् ।





