‘एबीसीडि ३’ मा वरुणले लिए २१ करोड



१८ मङ्सिर २०७५, काडमाडौँ

वरुण धवन बलिउडका निकै चर्चित अभिनेता हुन् । चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’ बाट बलिउडमा आएका वरुणले थोरै समयमा नै धेरै फ्यान फलोइङ बढाउन सफल भएका छन् । उनलाई बलिउडमा अहिलेका निकै महंगा अभिनेताको रुपमा हेरिएको छ । उनले छोटो समयमा नै बलिउडमा निकै सफल चलचित्रहरुमा काम गरिसकेका छन् ।

हाल वरुण रेमो डिसुजाको चलचित्र ‘एबीसीडी ३’ मा व्यस्त छन् । उनी ‘एबीसीडी २’ मा पनि मुख्य भूमिकामा देखिएका थिए । अडियन्सले उनको अभिनयको निकै तारिफ पनि गरेका थिए । ए बी सी डी २ मा वरुणले राम्रो काम गरेकाले ‘एबीसीडी ३’ मा पनि रेमोले वरुणलाई मुख्य भूमिकामा राखेका हुन् । ए बी सी डी ३ मा वरुण पहिलो पटक भारतकी चर्चित अभिनेत्री कट्रिना कैफसँग देखिने भएका छन् ।

भारतीय मिडियाका अनुसार वरुणले चलचित्रमा निकै महंगो पारिश्रमिक लिएका छन् । उनले ‘एबीसीडि ३’ का लागि २१ करोड लिएको चर्चा सुनिएको छ । प्राप्त जानकारी अनुसार रेमोले वरुणलाई २१ करोड दिएको बुझिएको छ । हाल चलचित्रको धमाधम छायांकन भैरहेको सुन्नमा आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्