
१८ मसिर २०७५, काठमाडौँ
नायिका रेखा करिब २ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा संलग्न छिन् भने नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार लय संग्रौला करिब ३ दशकदेखि नेपाली चलचित्र जगतमा संलग्न छन् । यी दुवै कलाकारले नेपाली चलचित्र जगतमा ठूलो योगदान दिएका छन् ।
यी दुईलाई हरितारा चलचित्र पुरस्कार बाट पुरस्कृत गरिएको छ । दुवै नेपाली चलचित्र जगतका महान् कलाकार भएकाले र दुवैले चलचित्र जगतमा ठूलो योगदान पुर्याएकाले हरितारा पुरस्कारले सम्मानित गरिएको हो ।
रेखा र लयलाई सम्मान पत्रसहित २५ हजार नगद पनि वितरण गरिएको थियो । लय र रेखासहित अन्य केहि व्यक्तित्वलाई पनि सम्मानपत्र र नगदसहित पुरस्कृत गरिएको थियो । रेखा र लय दुवै सम्मान पाउँदा निकै खुसी देखिन्थे ।





