विकासको चलचित्र ‘हजार जुनी सम्म’ मा निरुता फाइनल



१८ मङ्सिर २०७५, काठमाडौँ

नायिका निरुता सिंह नेपालकी निकै चर्चित नायिका हुन् । कुनै समयमा निरुताको नामले मात्रै पनि चलचित्र सुपरहिट हुने गर्थे । उनै चर्चित निरुता करिब ८ बर्ष अगाडि मुम्बई भासिएपछि चलचित्र जगतबाट हराएकी थिइन् । ८ बर्ष पछि निरुता चलचित्रमा फेरि कमब्याक भएकी छिन् । उनले यसबर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘नाई नभन्नु ल ५’ बाट पुनः चलचित्रमा प्रवेश गरेकी छिन् ।

हुन त उक्त चलचित्रमा उनको केमियो भूमिका मात्र थियो । तर निरुताको फ््यान अत्याधिक भएकाले दर्शकले उनलाई निकै रुचाए । अहिले निरुताको हातमा चलचित्र भ्याईनभ्याई छ । अहिले फेरि नेपाली चलचित्रमा निरुताको डिमाण्ड निकै बढेको छ । केहिसमय अघि मुम्बईबाट नेपाल आएकी निरुता हाल चलचित्र ‘दाल, भात, तरकारी’ मा व्यस्त छिन् ।

उनले प्रदिप र जसिता स्टारर चलचित्र ‘लब स्टेसन’ पनि गर्ने चर्चा थियो । तर केहि विशेष कारणले उनले उक्त चलचित्र गर्न पाइनन् । अहिले निरुताले एक नयाँ प्रोजेक्ट साइन गरेकी छिन् । चर्चित निर्देशक विकास आचार्यको चलचित्र हजार जुनी सम्म मा उनी फाइनल भएकी छिन् । उनको भूमिका भने खुलाइएको छैन । चलचित्र ‘दाल, भात, तरकारी’ को छायांकन पछि निरुताले ‘हजार जुनी सम्म’ मा समय दिनेछिन् । चलचित्र ‘हजार जुनी सम्म’ मा निरुताको केमियो भूमिका मात्र नहुने विकासले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्