
१८ मङ्सिर २०७५, काठमाडौँ
चलचित्र समर लब को केहि समय अघि टिजर सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरले दर्शकबाट राम्रो र सकरात्मक प्रतिक्रिया पाइरहेको बेला चलचित्रको गीत पनि सार्वजनिक गरिएको छ ।
पुष्पन प्रधानको शब्द र संगीत रहेको साया बोलको गीतमा पुष्पन प्रधान र बनिका प्रधानको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य नायक नायिका आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गराइएको छ । चलचित्र समर लब प्रेम कथामा आधारित चलचित्र हो । चलचित्र समर लबयहि माघ २५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।





