भिमफेदि गाईज र एलिशा राईको नयाँ गीत सार्वजनिक



१८ मङ्सिर २०७५, काठमाडौँ

भिमफेदि गाईज नेपालको निकै चर्चित डान्स ग्रुप हो । विभिन्न चर्चित गीतहरुमा डान्स गरेर अडियन्सको नजरमा अब्बल डान्स ग्रुपको रुपमा परिचित भिमफेदि गाईज देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त हुने गर्दछ । भर्खरै मात्र बजारमा भिमफेदि गाईजको नयाँ गीत सार्वजनिक भएको छ ।

निर्मल पुरीको शब्द र बाबुल गिरीको संगीत रहेको झ्याप्पै तिमीलाई बोलको गीतमा फूर्वा तामाङको आवाज रहेको छ । उक्त गीतमा भिमफेदि गाईजका साथमा नेपालकी चर्चित नाियका तथा मोडल एलिशा राईलाई फिचरिङ गराइएको छ । गीतलाई भिमफेदि गाईजका लिडर निर्मल लामाले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्