
१७ मङ्सिर २०७५, काठमाडौँ
बलिउड नायिका प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली चलचित्र पाहुना प्रदर्शनको अन्तिम चरणमा आएपुगेको छ । चलचित्रको एक गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । सार्वजनिक ट्रेलर र गीतबाट सकारात्मक प्रतिक्रिया आईरहदाँ चलचित्रको दोस्रो गीत पनि सार्वजनिक गरिएको छ ।
पियुष नेपाल र विश्वास तिमल्सिनाको शब्द र सागर देसाईको संगीत रहेको बिताउनु छ जीवन बोलको गीतमा श्रद्धा गुरुङको आवाज रहेको छ । बालबालिकाको कथामा आधारित चलचित्रमा ३ बालबालिकाको जीवनको कहानीलाई उतार्न खोजिएको छ । चलचित्र पाहुनालाई निर्माण गर्न पाएकोमा प्रियंका आफूलाई निकै खुसी लागेको बताउँछिन् । चलचित्र पाहुना यहि मङ्सिर २ज्ञ बाट प्रदर्शनमा आउँदैछ ।





